प्रधानमन्त्री ओलीले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न आयोगलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै सरकारको तर्फबाट निर्वाचन आयोगलाई पूर्ण सहयोग हुने बताउनुभएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका सदस्यसँग आज गर्नुभएको छलफलमा प्रधानमन्त्रीले उपनिर्वाचनको तयारीप्रति प्रशन्नता व्यक्त गर्नुभएको हो