काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उपाध्यक्ष तथा नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्नुभएको छ । ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले हतारमा राजीनामा दिएको बताउनुभएको छ । हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने ओलीले भन्नुभयो- अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस् । अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको टिप्पणी गर्नुभयो ।
‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए’, अध्यक्ष ओलीको भनाइ थियो ।
१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताउनुभयो । ‘हामीले १० बुँदे सहमति स्वीकार ग-र्यौं । तर माधव नेपालले मानेनन्’, उहाँले भन्नुभयो ।