पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अब बन्धकमा राख्न नहुने : मन्त्री घिसिङ
पोखरा । निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । माघ २०७७ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म भौतिक प्रगति ५१ प्रतिशत मात्र रहेको छ।