काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीको बैठक पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वोच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा समेत छलफल भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो ।
सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजनालगायतका विषय कार्यसूचीमा रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो । सोमबारको बैठकले पार्टीको निर्णयविपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।