काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
सोमबारदेखि सुरु भएको सो बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा आज अपरान्ह ३:०० बजे बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारबाही गर्ने जनाएको थियो ।
एमालेले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधि विधान र पार्टी निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गर्नुभएको थियो । पार्टी निर्णय विपरीत मतदान गर्ने सांसदहरुलाई आजको बैठकले कारबाही गर्ने बताइएको छ ।
देउवालाई मतदान गर्ने एमालेका सांसदहरु
– माधवकुमार नेपाल
– विरोध खतिवडा
– मेटमणि चौधरी
– गोपाल बम
– भवानी खापुङ
– कलिला खातुन
– मुकुन्द न्यौपाने
– रामकुमारी झाँक्री
– प्रेम आले
– विनादेवी बुढाथोकी
– किसान श्रेष्ठ
– मिना हुसेन
– कल्याणी खड्का
– सरला यादव
– धनबहादुर बुढा
– लक्ष्मी चौधरी
– जीवनराम श्रेष्ठ
– पुष्पा कर्ण शायस्थ
– निरा जैरु
– पार्वती विसुंखे
– हिराचन्द्र केसी
– कृष्णलाल महर्जन