काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलासहित ओली निवास बालकोट जानुभएको हो ।
भेटमा विप्लव समूहका नेताहरुले विगतमा भएका सहमतिअनुसार नै अगाडि बढ्न चाहेको बताउनुभएको छ ।
१ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो उहाँहरुको थियो ।
अध्यक्ष ओलीले आफूहरु विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताउनुभयो ।