नेकपाबाट चुनाव जितेका प्रतिनिधिलाई दल छान्न दिनुपर्ने महान्यायाधिवक्ताको सुझाव
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले निर्वाचन आयोगले नेकपाको नामबाट चुनाव जितेका जनप्रतिनिधिहरुलाई दल छान्न दिनुपर्ने सुझाव दिनुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा खरेलले जनप्रतिनिधि रहेको अवस्थामा ती पदहरू शून्यमा गएर चुनावको परिस्थिति नबन्ने दाबी गर्नुभयो । जनप्रतिनिधिले जनताबाट मत प्राप्त गरिसकेका