काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले संसदीय दलको नेता परिर्वतन भएको जानकारी संसद सचिवालयलाई दिएको छ ।
सो समूहका नेता पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल सचिवालयमा पुगेर शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाललाई दलको नेता चयन गरेको जानकारी दिएको छ ।
संसदका महासचिव भरतराज गौतमलाई आज भेटेर उनीहरुले सो जानकारी दिएका हुन । तर नेकपा विभाजित भइसकेको छैन । नेकपाको संसदीय दलको निर्वाचनमा सर्वस्म्मत रुपमा निर्वाचित नेता केपी ओली नै हो । गुटका सांसदहरुको वैठकले निर्वाचित नेतालाई हटाउने र अर्को व्यक्तिलाई चयन गर्न नसक्ने कानूनविदहरु बताउँछन् । संसदीय दलको वैठक दलका नेता वा उपनेताले बोलाउनु पर्छ । त्यसरी बोलाइएको वैठकलाई मात्र वैधानिक मानिने बताउँदै कानूनविद्हरु भन्छन् – “सभामुख सापकोटाले दाहाललाई दलको नेता मान्यता दिए त्यो संविधान, विधि, पद्धति र कानूनको समेत उल्लंघन हुने छ । सभामुखप्रति पनि प्रश्न खडा हुने छ ।”
यसैवीच प्रतिनिधि सभा बैठक सुरू हुनु केही घण्टाअघि सभामुख अग्निप्रसाद सापकोटा र दाहाल–नेपलाबीच भेटवार्ता भएको थियो । उनीहरुले सभामुख सपोकाटालाई सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन । आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हटाएर आफूहरू वा अन्य पार्टीबाट प्रधानमन्त्री बनाउने रणनीतिमा लागेको सो समूह र सभामुखबीचको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।