सरकारसँगको सहमति अक्षरशः पालना गर्छौं : विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र सो समूहबीच भएको तीनबुँदे सहमति अक्षरशः पालना गर्ने बताउनुभएको छ । उहाँले सरकार र आफ्नो पार्टीबीच भएको सहमति कुनै एक पार्टी र सरकारसँग मात्र नजोडिएको बताउनुभएको छ