काठमाडौं । सरकार र विप्लव समूहबीच भएको तीन बुदेँ सहमति सकारात्मक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले बताउनुभएको छ ।
अध्यक्ष थापाले विप्लवसँग भएकोे सहमति र सम्वाद शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिवद्धता स्वागत योग्य भएको बताउनुभएको छ ।
बिहीबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै थापाले सामाजिक सञ्जाल टीटरमा प्रतिक्रया व्यक्त गर्दै लेख्नुभएको छ – ‘‘नेपाल सरकार र नेकपा विप्लव समुहका बिचमा भएको सहमति सकारात्मक छ। सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।’
दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको थियो । भोली प्रदर्शनीमागस्थित राष्ट्रिय सभामा एक कार्यक्रमका आयोजना गरि प्रधानमन्त्री केपी ओली र नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।