काठमाडौं । सरकार र विप्लव समूहसँग पुनः वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता आज साँझ भएको छ ।
आज विहान पहिलो चरणको वार्ता भएको थियो । भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निश्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि हिजो मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सरकारले गृहमन्त्रीको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेलगत्तै हिजै भूमिगत विप्लव समूहले पनि पूर्वमन्त्री समेत रहेका सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा उदय चलाउने (दीपक) सदस्य रहेको वार्ता टोली बनाएको थियो ।



















