काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।
वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको बताइएको छ ।
विप्लब समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्ती मार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लब माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।