काठमाडौं । नेकपा दाहाल– नेपाल समूहले केपी शर्मा ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । सो समूहले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट ६ महिनाका लागि निलम्वन गरेको छ भने नेताहरु विशाल भट्टराई, प्रभस साह, महेश बस्नेत, कर्णबहादुर थापा, शान्ता चौधरी र सूर्य थापालाई पार्टीबाट निस्कासन गरेको बताइएको छ ।
उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले ६ महिनाका लागि निलम्वन गरिएको समूहको भनाइ छ ।
सो समूहले गरेको कारवाहीबारे प्रतिक्रिया दिँदै नेकपाको संसदीय दलको प्रमुख सचेतक एवं केन्द्रीय सदस्य विशाल भट्टराईले त्यो निर्णयको कुनै अर्थ नरहेको बताउनु भएको छ ।
आफूहरूलाई गरिएको कारबाही डेरावालले घरवालालाई निकालेको जस्तो भएको टिप्पणी गर्दै भट्टराईले भन्नुभएको छ “कुनै अर्थ नराख्ने कुरामा हाम्रो धेरै ध्यान जानु जरुरी छैन ।”


















