काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सम्बन्धमा आज गरेको फैसलाबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनबादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साविकै पार्टीमा कायम भएका भएका छन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको पक्षमा गरेको फैसलामा दुबै पार्टी साविककै अवस्थामा कायम रहने र दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी एेन नियम विपरीत नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेश जारी गरेको छ ।
पुस ५ गते संसद् विघटन भएपछि नेकपा विवादले दुई धार देखिएको थियो । प्रचण्ड–माधव समूह र केपी शर्मा ओली समूहले आ–आफ्नो पार्टी आधिकारिक भएको दाबी गरिरहेका बेला आएको यो फैसलाले दुवै समूहलाई पहिलेकै अवस्थामा पु¥याइदिएको छ । पूर्व एमाले र एमाओवादीबीच भएको एकीकरण नै सर्वोच्चले खारेज गरिदिएको छ । यसबाट नेकपाका दुवै समूहलाई नयाँ दल दर्ता गर्न सहज बाटो देखाएको छ ।