नेकपा एमालेलाई कार्यकर्ताले जोगाएका हुन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई कार्यकर्ताले जोगाएको बताउनु भएको छ । आफूलाई केही स्वार्थी नेताले तत्कालिन नेकपाको साधारण सदस्य समेतबाट हटाएको स्मरण गर्दै अध्यक्ष ओलीले पार्टीका असल नेता, कार्यकर्ताहरुको पंक्तिले जोगएर सशक्त बनाएको बताउनु भयो ।