काठमाडौं । देउवा सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गर्नुभएको हो । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।
प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने प्रचलन भए पनि चारजना वरिष्ठ सहसचिव भने प्रदेशमा पठाइएको छैन । सरकारले बलराम रिजाल, आभा श्रेष्ठ, नारायण सापकोटा र गोविन्द रिजाललाई प्रदेशमा सरुवा गरेको छैन ।
शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि जगेडामा राखिएका झक्कप्रसाद आचार्य र यमलाल भुसाल दुवै जना प्रदेश मन्त्रालयमा सरुवा हुनुभएको छ ।
हेर्नुहोस् सरुवा सूची