काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बुधबार दिउँसो सामाजिक सञ्जालबाट विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।
असोज १५ देखि १७ सम्म हुने नेकपा एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक भएको छ । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको थियो । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना गर्ने जनाइएको छ ।