१८ वर्षमुनिका ३५ हजार बालबालिकालाई सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ। आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुखबाट समय पाएपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद रेनुका काउचाले