काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी पदका लागि उम्मेदवारी दिएका नेताहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान पदाधिकारी पदका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो।
सार्वजनिक सूचीअनुसार महिला उपसभापति पदका लागि सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
१ महामन्त्री पदका लागि भने ८ जनाले उम्मेदवारी दिएका छन्। यस पदका आकांक्षीहरूमा मनिष झा, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्। प्रारम्भिक सूचीमा कविन्द्र बुर्लाकोटी र जगदीश खरेलको नाम समावेश भए पनि उनीहरुले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिएका छन्।
सहमहामन्त्री (खुला) तर्फ दुई पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। यसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त रहेका छन्।
त्यस्तै, सहमहामन्त्री (महिला) तर्फ एक पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि रास्वपाको सभापति पदमा रवि लामिछाने तथा पुरुषतर्फको एक उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।




















