विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस् :प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (सङ्घीय संसद् र राष्ट्रिय सभा)को बैठकमा उहाँले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभयो