काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य भवन च्यासलमा बैठक सुरु भएको हो ।
१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिबद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका तर उहाँको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी हुनुभएको छ ।
बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरुसमेतको सहभागिता रहेको जनाइएको छ । बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने तयारी गरिएको छ ।