काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ । बैठक आज बिहान ११ बजे बस्ने भनिएको थियो ।
बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने जनाइएको छ । बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको मागलगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो एमाले अध्यक्ष निवास बालकोटमा अध्यक्ष ओली र नेता नेपालकाे साथ छोडेका नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकढिक्का बनाउने सहमति भएको थियो ।