काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल अमात्य भवन च्यासलमा बैठक बोलाइएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँग सोमबार बालकोटमा छलफल गरेपछि आजका लागि स्थायी कमिटी बैठक बोलाइएको हो ।
आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने विषयमा छलफल हुने नेताहरुले बताउनुभएको छ । आजको बैठकमा माधव नेपालको साथ छाडेका नेताहरुसमेत सहभागी हुने बताइएको छ ।