प्रधानमन्त्रीले देशलाई ठूलो संकटबाट जोगाउनुभयो : विजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर देशलाई ठूलो संकटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको हो