काठमाडौं । नयाँ निर्वाचनको मिति तोकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्नु भएको छ । आइतवार अपरान्ह बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्देशन समेत दिनुभएको छ ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, नेकपा नेता सुवास नेम्वाङ, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल सहभागी थिए।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रतिनिधि सभा विघटन गर्दै २०७८ बैशाख १७ र २७ गते नयाँ निर्वाचनको मिति घोषणा गर्नु भएको थियो ।