काठमाडौं । आइतबार प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेसले आज सर्वदलीय बैठक बोलाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे काँग्रेस पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम पछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।