काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर आमनिर्वाचन घोषणा गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधसभा भंग गरेर नयाँनिर्वाचनको मिति घोषणा गर्नु भएको हो ।
आज विहान बसेको मन्त्रिपरिषद् वैठकले नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटन र नयाँ चुनावको मिति सिफारिस गर्नु भएको थियो ।