काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने बताइएको छ । प्रतिनिधिसभा विघटन भएपछि नागरिकको चासो बढेपछि त्यसलाई प्रष्ट पार्न प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिएका छन् ।
सरकारको पछिल्लो कदमले नेकपाभित्रकै अर्का खेमाका नेताहरु नागरिकमा भ्रम फैलाउन र प्रधानमन्त्री ओलीलाई किनारा पार्ने दूस्प्रयासमा लाग्नुभएपछि प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत नागरिकलाई प्रष्ट पार्न खोज्नुभएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज विहान बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुलाई भेला गरेर आफूले लिनुपरेको बाध्यात्मक कदमबारे प्रष्ट पार्नुभएको छ ।