माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा, नेतृत्व त्याग्न प्रचण्डमाथि चर्को दवाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । राजनीतिक प्रस्ताव, महाधिवेशनको तयारी र नेतृत्व परिवर्तनका मागले बैठकको केन्द्रमा रहनेछ । बैठक आज दिउँसो १ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकमा