काठमाडौं । उपसभामुख उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूको बैठक बस्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे २ बजे माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।
सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउन हस्ताक्षर अभियान नै सुरु गरेपछि विपक्षी दलहरूले संयुक्त छलफल गर्न लागेका हुन् ।
माओवादीको पदाधिकारी बैठकले उपसभामुखलाई हटाउने कदमको विरोधमा विपक्षी दलहरूसँग छलफल गर्नु उपयुक्त हुने निष्कर्ष निकालेपछि बैठक आह्वान गरिएको बताइएको छ ।
























