काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे।
लुम्बिनी लायन्सले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेख १ रनमै पेभेलियन फर्किदा दोस्रो विकेटको रुपमा अर्का ओपनर डार्सी सर्ट २१ रनमा बोल्ड भए।
तेस्रो विकेटको रुपमा निरोशन डिकवेल्लाको विकेट गयो। तेस्रो विकेटको लागि उनले कप्तान रोहित कुमार पौडेलसँग ३९ रनको साझेदारी बनाएका थिए। चौथो विकेटको रुपमा रोहित आफै रन आउट भए। चौथो विकेटको रुपमा रोहित पौडेल रन आउट भएपछि राम्रो लय समातेको लुम्बिनी लायन्सको ब्याटिङ केहीबेर सुस्तयो। चौथो विकेटको लागि रोहितले दिलिप नाथसँग ३४ रनको साझेदारी बनाएका थिए। पाँचौं विकेटको रुपमा सन्दीप जोरा ४ रनमा नै क्याच भए। छैटौं विकेटको रुपमा अलि शेख २४ रन बनाउँदै स्कट कुगेलेयनको हातमा क्याच भए।
सुदूरपश्चिम रोयल्सका लागि बलिङतर्फ स्कट कुगेलेइनले २ विकेट लिँदा हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।




















