भूराजनीतिक दबाबविरुद्ध आवाज उठाउनु स्वाभिमान हो : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको संविधान, लोकतन्त्र र राष्ट्रिय भविष्य संकटमा परेको अवस्थामा उत्सव मनाउन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु