काठमाडौं । नेकपा एमालेले फागुन २१ मा हुने चुनावका लागि विभिन्न समिति बनाएको छ ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको छ भने रामबहादुर थापा वादलको संयोजकत्वमा चुनाव परिचालन समिति बनाएको छ ।
ओली नेतृत्वको घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको बताइएको छ ।
त्यस्तै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठित निर्वाचन परिचालन समितिमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन् ।




















