रिहापछि ओलीको प्रतिक्रिया : ‘पूर्वाग्रही आरोप टिकेन, समर्थन गर्ने सबैप्रति आभार’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएको फौजदारी अभियोग पुष्टि हुन नसकेपछि रिहा भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सरकारबाट पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी