काठमाडौं । १३ दिनपछि हिरासतबाट मुक्त भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएका कारण अस्पतालमै रहने भएका छन्।
पारिवारिक स्रोतका अनुसार ओलीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले चिकित्सकहरूले अझै निगरानीमा राख्ने निर्णय गरेका हुन्। उनको पत्थरीको शल्यक्रिया आगामी मंगलबार गर्ने तयारी गरिएको छ।
जेन–जी आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका ओलीलाई स्वास्थ्य समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। जाँचका क्रममा सुगर अस्वाभाविक रूपमा बढेको, थाइराइडको समस्या र पत्थरी देखिएपछि शल्यक्रियाको जोखिमबारे चिकित्सकहरूबीच परामर्श भइरहेको छ।
प्रहरीले आजै अध्यक्ष ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरेको छ ।




















