काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदमा लिला भण्डारीलाई अगाडि बढाउने सहमति दलहरूबीच भएको छ।
सहमति अनुसार उपाध्यक्ष पद नेकपा एमालेले पाउने भएको हो। राष्ट्रिय सभाका अध्यक्ष भने नेकपाका नारायण दाहाल रहेका छन्।
यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको थियो।
एमाले संसदीय दलका नेता प्रेम दंगालका अनुसार नेपाली कांग्रेसलाई दुई वटा संसदीय समितिको सभापति दिइनेछ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीलाई पनि एक–एक समितिको सभापति दिने समझदारी बनेको छ।




















