काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहा गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै तत्काल उनीहरूलाई रिहा गर्नुपर्ने बताएका हुन्। उनले सरकारमाथि गैरकानुनी र गैरन्यायिक रूपमा पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरिएको आरोप पनि लगाए।
महरले लोकतन्त्रमा प्रतिशोध र पूर्वाग्रहको स्थान नहुने बताउँदै विधिको शासन कायम गर्न सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे।
त्यस्तै, सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति पनि उनले असहमति जनाएका छन्। विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता लिनुपर्ने उनको माग छ।




















