Margadarsan


  • फोटो ग्यालरी

    • पोखराको सुनसान सिर्जनाचोक

      कोरोना भाइरसको सङक्रमण अत्याधिक बढेसँगै सरकारले लागू गरेको निषेधाज्ञाको समयमा सुनसान देखिएको पोखराको सिर्जनाचोक र बन्दै गरेको आकाशे पुल । तस्बिरः रासस

    • कङकाली डाडाँबाट देखिएको काठमाडौँ उपत्यका

      चन्द्रागिरि नगरपालिका कङकाली डाडाँबाट देखिएको नयाँ धरहरासहितको काठमाडौँ उपत्यका । तस्बिरः रासस

    • कोरोनाका बिरामी बोक्न अटोरिक्सा प्रयोग

      दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारभित्रका सडकहरुमा कोरोनाका बिरामी बोक्नका लागि प्रयोग ल्याएको अटोरिक्सा । बजारभित्रका सङक्रमित ओसार्दा एम्बुलेन्समा महङगो शुल्क तिनुपर्ने भएकाले सहजताका लागि नौ वटा अटोरिक्सा प्रयोग गरिइएको हो । तस्बिर ः रासस

    • फेरीबाट यातायातका साधन तारिँदै

      सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभा जिल्लालाई जोड्ने अरुण नदीको सतीघाटबाट फेरीको सहयोगमा सवारी तथा ढुवानीका साधन तारिँदै । तस्बिर : रासस

    • भोकालाई भात

      कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञामा सोमबार काठमाडौको थापाथलीमा खाना खादै । हाम्रो टिम नेपालको सहयोगमा मजदुरलाई खाना खुवाउदै आएको छ । तस्बिर : रासस

    • व्यावसायिक चौँरीपालन

      जाजरकोटको जगदुल्ला गाउँपालिका–४ को भालुपाटन व्यवसायिक चौरी फार्ममा पालिएका १०० भन्दा बढी चौँरी । प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु ३३ लाखको लागतमा गाउँलेहरुले चौँरीपालन गरेका हुन । तस्बिरः रासस

    • सवारीसाधनको पास भए, नभएको जाँच गर्दै सुरक्षा निकाय

      कोरोना भाइरसको नियन्त्रण तथा रोमथामका लागि सरकारले लागू गरेको निषेधाज्ञामा आइतबार काठमाडौँको कोटेश्वर गुडिँरहेको सवारी साधनको पास भए नभएको जाँच गर्दै सुरक्षा निकाय । तस्बिर-रोशन सापकोटा/रासस

    • पर्यटकीय नगरी बन्दीपुर

      पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर । कोभिड जोखिम बढेपछि बाहिरी जिल्लाका पर्यटकलाई बन्दीपुर बजारमा प्रवेश रोक लगाइएको छ । तस्बिर- कृष्ण न्यौपाने/ रासस

    • चाँगुनारायण नगरपालिकामा निर्माण गरिएको आइसोलेसन सेन्टर  

      भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा कोरोना भाइरसबाट सङ्क्रमित भएका नागरिकका लागि स्थानीय सरकार र कलेजको सहयोगमा व्यवस्थापन गरेको १०० बेडको आइसोलेसन सेन्टर । तस्बिर-  रोशन सापकोटा/रासस

    • होमस्टेमा पर्यटकको स्वागत   

      पोखरा महानगरपालिका वडा नं २२ स्थित भुम्दी टुनार होमस्टेमा पर्यटकको स्वागत गर्दै महिला । यस होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ । तस्बिरः वासुदेव पौडेल/ रासस