गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा गएराति आएको बाढीले चार वटा घर र एउटा फलामे पुल बगाएको छ।
गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार राति करिब ३ बजेतिर नाम्रुङ खोलामा आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको हो।
बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नम्बर २ जोड्ने फलामे पुलसमेत बगाएको डीएसपी श्रेष्ठले जानकारी दिए।
पुल बगेपछि दुई वडाबीचको आवतजावत प्रभावित भएको छ। बाढीबाट अन्य क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।























