काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ ।
अध्यक्ष केपी ओली, पार्टी नेता प्रदिप ज्ञवाली पनि सहभागी वैठकमा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । बैठक स्रोतका अनुसार, अध्यक्ष ओलीले समसामयिक अवस्थाबारे ब्रिफिङ गरिरहेका छन् ।
दलको बैठक लगत्तै साँझ ६ बजे अध्यक्ष ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने बताइएको छ ।






















