काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ गाउँ र त्यस आसपासका क्षेत्रमा भएको भारी हिमपात भएको छ। । गत शुक्रबार पानी परेपछि उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, लोमान्थाङ गाउँ र कोरोला बोर्डरमा भारी हिमपात भएको हो।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित रानीपौवा बसपार्क क्षेत्र यतिबेला हिउँले सेताम्मे बनेको छ।
हिमपातका कारण मुक्तिनाथ क्षेत्रअन्तर्गत रानीपौवा बजार, झारकोट लगायतका स्थानहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्।
गएराति मुस्ताङसँगै मनाङका विभिन्न स्थानहरूमा पनि हिमपात भएको छ। हिमपातसँगै चिसो उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन्।






















