निवर्तमान सभापति देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्नुहुन्छः प्रवक्ता चालिसे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्।