बालेनलाई सीके राउतको सुझाव– ‘सरकार चलाउने ढंग नभए मार्ग प्रशस्त गर्नुस्’
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत क्षेत्रमा सरकारले कर थोपरेर जनतालाई थप सास्ती दिएको आरोप लगाएका छन्। उनले सरकार सञ्चालनमा कठिनाइ भइरहेको भए प्रधानमन्त्री बालेन शाहले मार्ग प्रशस्त गर्नुपर्ने सुझावसमेत दिएका छन्।