काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मानसहित आलोचनाबाट सिक्दै राज्यलाई जनताप्रति सकिए संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताएका छन् ।
संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अनेकौँ सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान बमोजिम नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि आफ्नो राज्यसँग याचना गर्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिए ।
“राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक छ, जसले नागरिकमा आशा जगाउन सकोस् नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था, किनभने, हामी सबैले बुझ्नुपर्छ शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्”, राष्ट्रपति पौडेलले भने, “संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्तावेज मात्र होइन यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा पनि हो । यसको महत्त्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ्, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन संविधान दिवसले सबै राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउनेछ भन्ने मैले विश्वास लिएको ।”
उनले देशको मूल कानुन संविधानप्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका वाचा र कबुललाई आमजनताको जीवनमा स्थापित सक्नुपर्नेमा जोड दिँदै प्राकृतिक विपत्तिले विकास केवल सडक, पुल र भवन होइन मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो भन्ने सोच्नुपर्ने बताए ।
राष्ट्रपति पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वाेपरि हितमा जोडिएकाले अब जलवायु परिवर्तनका चुनौतीबीच हाम्रा विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बन्नुपर्छ भन्ने धारणा व्यक्त गरे ।
“मुलुकको संवैधानिक विकासक्रममा यस जननिर्मित संविधानले हामीलाई लोकतन्त्र दिएको छ, हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ, यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ, हामीले आफ्नो प्रदेशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ, एकात्मक र केन्द्रीकृत शासनप्रणालीको बदलामा प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्वपूर्ण उपहार हो”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ, हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरिएकाले संविधानले प्रदान गरेका यी महान् उपलब्धिका जगमा नै हाम्रो भविष्यको सुखद यात्रा सुनिश्चित हुन्छ विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नेपालको संवैधानिक इतिहासमा आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ११ वर्ष पूरा भएको अवसरमा आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त पनि गरेका छन् ।
यसैगरी राष्ट्रपति पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
‘हामीले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ र संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुन्छन्,’ उनले भने, ‘यसका लागि आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ।’ राष्ट्रपति पौडेलले अनेकौँ संघर्ष र बलिदानबाट प्राप्त संविधानको वास्तविक अर्थ त्यतिबेला स्थापित हुने बताए, जतिबेला कुनै नेपालीले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नुपर्ने अवस्था अन्त्य हुनेछ।
उनले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए। शासकीय संरचनामा मात्र परिवर्तन गरेर नागरिकका अपेक्षा पूरा नहुने भन्दै उनले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत परिवर्तन आवश्यक रहेको धारणा राखे।
‘जसले नागरिकमा आशा जगाउन सकोस्, नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ, न त व्यवस्था,’ उनले भने, ‘शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हुँदैनन्।’ राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र समग्र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व संविधान दिवसले सम्झाउनुपर्ने बताए।
उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताए। ‘यसको महत्व त्यतिबेला प्रकट हुन्छ, जब राज्य नागरिकको आर्तनादसँगै उभिन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नुपर्दैन,’ उनले भने। जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकार तथा नागरिक सर्वोच्चता स्थापित गर्नुपर्नेमा जोड दिँदै पौडेलले सबैलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी संविधानका वाचा पूरा हुन नसक्ने बताए।
विपत्तिले विकासको परिभाषा बदल्नुपर्ने पाठ सिकायो राष्ट्रपति पौडेलले यस वर्षको संविधान दिवस बाढी तथा प्राकृतिक विपत्तिको पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै विपत्तिले विकासको अवधारणालाई पुनर्विचार गर्नुपर्ने पाठ सिकाएको बताए। ‘यो विपत्तिले हामीलाई सम्झाएको छ– विकास केवल सडक, पुल र भवन होइन; मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भने, ‘यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ।’
जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकासका ढाँचाहरू अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्ने उनको भनाइ थियो। पौडेलले संविधानले नेपाललाई लोकतन्त्र, संघीयता र बहुलवादमा आधारित समावेशी राज्य निर्माण गर्ने अवसर दिएको बताए। एकात्मक र केन्द्रीकृत शासन प्रणालीको स्थानमा आएको संघीयता संविधानले दिएको महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। ‘हामीलाई यो संविधानले बहुलवादमा आधारित समावेशी नेपाल बनाउने अवसर दिएको छ,’ उनले भने, ‘हामीले यो संविधानमार्फत राज्यको शासकीय संरचनालाई नयाँ ढङ्गले स्थापित गरेका छौँ। संविधानले प्रदान गरेका यी महान् उपलब्धिहरू हुन्।’
उनले संघीयतालाई अवसरका रूपमा उपयोग गर्दै देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताए। सहिद र लोकतन्त्रका योद्धालाई सम्मान राष्ट्रपति पौडेलले संविधान जारी भएको ११ वर्ष पूरा भएको उल्लेख गर्दै संविधान निर्माणसम्म आइपुग्न नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदान गरेको स्मरण गरे। उनले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा जेल, नेल, निर्वासन र यातना भोगेका लोकतन्त्रका योद्धाप्रति सम्मान तथा आभार व्यक्त गरे।
यस वर्षको संविधान दिवस बाढी तथा प्राकृतिक विपत्तिको पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको खोज तथा पहिचानको कामना पनि उनले गरे।
त्यस्तै, भदौ १० को बाढीबाट प्रभावित मित्रराष्ट्रका नागरिकको क्षतिप्रति नेपालका तर्फबाट सम्बन्धित परिवार र सरकारहरूप्रति गहिरो समवेदना तथा सहानुभूति प्रकट गरे। राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना पनि व्यक्त गरे।




















