काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि छलफल सुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहितको दिगो विकासलगायत विषयमा छलफल भइरहेको छ।
युवा पुस्तासँग सम्बन्धित नीति तथा कार्यक्रमका विषयमा सांसदहरूसँग विचार आदानप्रदान गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जनाइएको छ।




















