राष्ट्रपतिबाट कात्तिक र मङ्सिरमा निर्वाचन मिति घोषणा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठकबाट निर्णय