Margadarsan


  • उपेन्द्र नेतृत्वको पार्टी भन्दा आफ्नो पार्टी मजवुत हुने महन्थको दावी

    मार्गदर्शन १६ भाद्र २०७८, बुधबार

    जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गर्नुभएको छ ।
    बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट आफ्नो नयाँ पार्टी दर्ता भएपछि जसपा भन्दा बलियो रहेको दाबी गर्नुभएको हो । उहाँले अब निरन्तर पार्टीलाई बिस्तार गर्ने र सदस्य संख्या बढाउने गरि अधिवेशन तर्फ आफुहरुको ध्यान रहेको बताउनुभयो ।
    अध्यक्ष ठाकुर लगाएतका नेतालाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन् ।

    फेसबुक प्रतिक्रिया