काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई बैठक रोक्न गरेको प्रस्ताव अस्वीकार गरेको छ । अध्यक्ष मिश्रले संयोजक पाण्डेलगायतका युवा संगठनका पदाधिकारीहरुले गरेको प्रस्तावलाई अस्वीकार गर्नुभएको हो ।
साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मध्याह्न १२ बजे र संयोजक मिलन पाण्डेले ११ बजेका लागि बैठक बोलाउनुभएको थियो । यी दुवै बैठक भर्चुअल माध्यमबाट हुने पार्टीका प्रवक्ता शरदराज पाठकले बताउनुभयो । अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ ।