पक्की पुलको शिलान्यास
भक्तपुर, सूर्यविनायक नगरपालिका–१ सिरुटार–२ को बालकोट जोड्ने सिरुटारको मुख्य सडकमा पर्ने चरखण्डी खोलामा पक्की पुल निर्माणको शिलान्यास गरिएको छ । सरकारको एक करोडको लागतमा निर्माण शुरु भएको उक्त पुलको पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज शिलान्यास गर्नुभएको हो ।