देउवाजस्ता असफल व्यक्तिले सर्वत्र सत्ता सम्हाल्नु देशकै विडम्बना : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाजस्ता असफल व्यक्तिले सर्वत्र सत्ता सम्हाल्नु देशकै विडम्बना भएको भन्दै कडा अभिव्यक्ति दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सभापति देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो