काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता प्रदीप नेपालले पार्टीबाट बाहिरिएको घोषणा गर्नुभएको छ ।
उहाँले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले समेत झेली कुरा गरेकोले धोकाको उपहार लिएर जानुपर्ने अवस्था आएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा उहाँले आफू तानाशाही प्रवृत्तिको विरोधी भएको बताउँदै लेख्नुभएको छ ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’